सबैभन्दा पहिले म्यारीज स्टेशन प्रा.ली को नियम र शर्तहरु राम्रोसँग पढ्नुहोला ।
हामीले के कसरी काम गर्छौं हाम्रो बारेमा जान्नुहोस्
१ सबैभन्दा पहिला विवाह गर्ने व्यक्तिको पुरा विवरण र फोटो हामीलाई दिन पर्ने हुन्छ
२ विवाह गर्ने व्यक्तिको पुरा बिबरण दिइसकेपछि जीवन साथी खोजी प्रक्रिया अगाडि वढाउन सेवा शुल्क तिर्न पर्ने हुन्छ
३ तपाईंले सेवा शुल्क तिरी सकेपछि हामी तपाइले खोज्नुभए अनुसारको व्यक्ति खोज्न शुरु गर्नेछौं
४ तपाईले खोजें अनुसारको व्यक्ति हामीले भेटिसकेपछि उक्त व्यक्तिको विवरण र फोटो तपाईंको viber की watsapp मार्फत पठाउने छौं हामीले पठाएको व्यक्ति तपाईले छनौट गरी मन परेको व्यक्तिसँग कुराकानी गर्नकोलागि तपाईंले हामीलाई यो व्यक्ति मनपर्यो कुरा गराई दिनुस् भनेर भन्नुपर्ने हुन्छ त्यसपछि तपाईंको कुरालाई अर्को सम्बन्धित व्यक्तिसँग पुर्याइनेछ यदि दुवै पक्ष कुरा गर्न इच्छुक भएमा एकअर्कासँग भेटघाट तथा कुराकानी गराइनेछ भेटघाट तथा कुराकानी पश्चात एकअर्कामा कुरा नमिलेको खण्डमा फेरि अर्को व्यक्ति खोजिनेछ र सोहीअनुरुप एकअर्कामा भेटघाट तथा कुराकानी गराइनेछ
यो प्रक्रिया सेवा सुचारु गरेको दिनदेखि 6 महिनासम्म कोलागि मान्ने हुनेछ त्यसपश्चात तपाईंको काम वैकल्पिक रुपमा राखी अगाडि बढाइनेछ
यदि एकअर्कामा कुरा मिल्न गई विवाह हुने कुरो निधो भएमा बाँकी रहेको पूरै सेवाशुल्क तिर्न पर्ने हुन्छ
म्यारीज स्टेशन प्रा.ली नेपाल सरकार बाट मान्यता प्राप्त जीवन साथी खोजिदिने कम्पनि हो। यस कम्पनि मुख्य उद्देश्य भनेको वैवाहिक सम्बन्ध गाँस्न को लागि दुई व्यक्तिबीच सम्पर्क गराउनु हो।
-
जीवनसाथी खोज्नको लागि बिबाह गर्ने व्यक्ति को उमेर 20 वर्ष भन्दा माथि भएको हुनुपर्ने हुन्छ तब मात्र जीवनसाथी खोज्ने प्रक्रिया बढ्नेछ ।हामि तपाइँको व्यक्तिगत, पारिवारिक, आर्थिक, जानकारी सहित अन्य आवश्यक जानकारीहरु जस्तै शैक्षिक प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, पनि लिन सक्नेछौं ।
-
जीवनसाथी खोज्नको लागि सबैभन्दा पहिला म्यारीज स्टेशन प्रा.ली को आधिकारिक वेबसाइट मा गएर पूरा विवरणहरू भर्नुपर्ने हुन्छ । विवरण भरिसकेपछि जीवनसाथी खोजी कार्य अगाडि बढाउन म्यारीज स्टेसनको कार्यालय आउनु पर्ने हुन सक्छ अथवा खोजी कार्य अगाडि बढाउनको लागि म्यारीज स्टेशन कम्पनीलाई लाई फोन मार्फत खबर गर्नुपर्ने हुन्छ । 9861726027 अन्यथा तपाईंले पठाउनुभएको विवरण 90 दिन पछि स्वतः रद्द हुने छ । तपाईंले अनलाइन फर्म भर्दा खेरी तपाइको परिचय खुल्ने सरकारी मान्यता परिचयपत्र र तपाईंको फोटो अनिवार्य रुपमा राखेको हुनुपर्ने छ तपाईंले राख्नुभएको व्यक्तिगत विवरण र तपाईंको फोटो सार्वजनिक हुने छैन एकदम गोप्य रहने छ ।
-
म्यारीज स्टेसन लाई जीवनसाथी खोज्नको लागि कम्तिमा तीन महिना समय दिनुपर्ने हुन्छ । म्यारीज स्टेसन को अनलाइन वेबसाइट मार्फत तपाईं को जानकारी मात्र संकलन गरिन्छ बाँकी सबै काम कार्य भने अफलाइन मार्फत कार्यालय बाटै हुने गर्दछ । जसले गर्दा तपाईंको व्यक्तिगत जानकारी कुनै पनि गलत ठाउँमा प्रयोग हुन पाउने छैन । तपाईंको लागि जीवनसाथी खोज्दै खेरि तपाईंको सम्पूर्ण विवरणहरु गोप्य रहने छ ।
सेवा शुल्क सम्बन्धी जानकारी
सेवा शुल्क सम्बन्धी जानकारी
स्वदेश र विदेशमा बस्दै आउनुभएको नेपालीहरूको लागि भने सेवाशुल्क फरक छ
स्वदेश को लागि सेवा शुल्क जम्मा रु 25 हजार लाग्छ भने विदेश को लागि जम्मा रु 50 हजार रुपैयाँ लाग्नेछ खाडी मुलुकमा बस्दै आउनुभएको नेपालीहरूको लागि भने सेवाशुल्क स्वदेशकै कायम हुनेछ
एउटा जोडी मिलाइदिएको रु 25/50 हजार रुपैयाँ लिन्छौं काम सुरु गर्नको लागि तपाईंहरुले 5000/10000 अग्रिम बुझाउनुपर्ने हुन्छ तपाइको लागि ६ महिनासम्म केटा अथवा केटी खोजिन्छ यो समय अवधिभित्र तपाइको लागि जे जति केटा अथवा केटीहरु सम्पर्कमा ल्याउन सक्छौं ती व्यक्तिहरूसँग कुराकानी तथा भेटघाट गराइनेछ। त्यसपश्चात तपाईंहरूको कुराकानी मिली एक-अर्कामा विवाह हुन गएमा थप सेवाशुल्क रु 20000/40000 लिन्छौं। तपाईंले दिनुभएको रु 5000/10000 भने तपाइँको लागि जीवनसाथी खोज्दा खर्च हुने भएको हुँदा भोलि गएर काम हुन नसकेपनि सो रकम फिर्ता हुने छैन।
तर अहिलेसम्म हामीसँग दर्ता भएको प्राय सबैको काम हुँदै आइरहेको छ तर सवैको काम हुन्छ भने हुँदैन ।
तपाईबाट सेवाशुल्क प्राप्त भएपछि मात्र तपाईंकोलागि जीवनसाथी खोजी प्रक्रिया अगाडि बढ्नेछ । अन्यथा तपाईंको जीवनसाथी खोज्ने काम प्राथमिकताको साथ अगाडि बढाइने छैन वैकल्पिक रुपमा तपाईंको विवरणलाई संचित गरी राखिने छ ।
तपाईं हामीसँग सम्पर्कमा आउने बित्तिकै तपाईंको काम १००% हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन
-
असाय अपाङ्ग आर्थिक स्थिती कमी कमजोर भएको व्यक्तिहरू को लागि सेवासुल्क मा हेरविचार गर्न सकिनेछ । यस्तो अवस्थामा कुनै समय अवधि तोकिएको हुँदैन ।
यदि अग्रिम रकम रु 5/10 हजार जम्मा नगरिकन काम अगाडि बढाउनु पर्यो भने काम सम्पन्न भइसकेपछि के कति खर्च हुन आउँछ ?
यदि तपाईले अग्रिम सेवासुल्क नदिकन काम अगाडि बढाउन चाहेको खण्डमा तपाईंको काम सम्पन्न भइसकेपछि हामीले तपाईंबाट रु 50 हजार रुपैयाँ सेवा शुल्क लिने गरेका छौं तर यस सन्दर्भमा भोलि गएर काम भएन भनेर तपाईंले हामीलाई कुनै पनि गुनासो व्यक्त गर्न पाउनु हुनेछैन किनकी तपाईंको कामलाई हामीले वैकल्पिक रुपमा अगाडि बढाउने हो। र काम भइसकेपछि मात्र हामीले तपाईंबाट सेवा शुल्क लिने हो
- हामीले राखेको विज्ञापनमा भनिएको व्यक्तिसँग कुरा गर्न कुनै पनि अग्रिम सेवा सुल्क लाग्दैन
तपाईले कुरा गरिरहनु भएको व्यक्तिसँग कुरा मिल्न गई विवाह प्रक्रिया अगाडि बढेको खण्डमा तपाईंको परिवार बीच कुराकानी गराइनेछ । परिवार बाट कुरा स्वीकृत भईसके पछि तपाईहरुले कानुनी विवाह गर्न चाहेको खण्डमा कानूनी विवाह पनि गराइनेछ ।
तपाईंहरू दुई जनाबीच सहमति भई आफूखुशी विवाह गर्न चाहेको खण्डमा म्यारीज स्टेशन प्रा.ली को विवाह सम्झौता कागजमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । किन भने विवाह गरिसकेपछि भोलि गएर तपाईंको पारिवारिक सम्बन्धमा विभिन्न झै-झगडा तनाव उत्पन्न भई कुनै पनि पारिवारिक क्षति भएमा म्यारीज स्टेशन प्रा.ली त्यसको जिम्मेवारी हुने छैन । यसै विषयमा रहेर तपाईहरुलाई कम्पनीसँग एउटा सम्झौता कागजमा सहिछाप गराइन्छ ।
मन्जुरी कागजमा सहिछाप गर्दा खेरि तपाईले पुरै सेवाशुल्क दिनुपर्ने हुन्छ । सबै कुराकानी मिली विवाह गर्ने प्रक्रिया अगाडि बढाई मन्जुरी कागजमा सहिछाप गरिसकेपछि भोलि गएर एकअर्काको विभिन्न कारणवश विवाह रोकिएमा तपाइँलाई कुनै पनि सेवा शुल्क फिर्ता हुने छैन । थप सोधपुछ तथा नयाँ जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोला ।
महत्त्वपूर्ण कुरा
यदि कम्पनीलाई जानकारी नगराई सुटुक्क विवाह गरे पनि कम्पनीले लिनपर्ने बाँकी सेवाशुल्क उठाउने छ हाम्रो नियम र सर्तअनुसार मञ्जुरी भई सेवाशुल्क नदिएमा सम्बन्धित व्यक्तिको आफन्त सम्म यो कुरा पुर्याइनेछ त्यसपछि पनि भएन भने तपाइ र हामी बीच भएको मन्जुरी अनुरूप नियम र सर्तअनुसार कानुनी कारबाही अगाडि बढाइने छ
+9779861726027