म्यारिज स्टेशन सेवा सम्झौता

प्रस्तावना

यो सम्झौताले म्यारिज स्टेशन ("जोडी मिलाउने कम्पनी") र ("प्रयोगकर्ता") बीचको सेवा शर्त र अवस्था स्पष्ट पार्दछ। दर्ता भइसकेपछि काम अगाडि बढाउनलाई प्रयोगकर्ता यस सम्झौतामा उल्लेखित शर्तहरू स्वीकार गर्न सहमत छन्।

सेवाका प्रकार र शुल्क

१. नेपालमा बस्ने र नेपाल भित्र विवाह गर्न चाहनेको लागि:

  1. सुरुवाती शुल्क: रु 5,000
  2. काम पूरा भएपछि: रु 20,000
  3. यो दुवै पक्षमा लागू हुने
  4. हामीले विज्ञापनमा भनिएको व्यक्तिसँग कुरा गर्न लागि भने तपाईंले कुनै पनि सुरुवाती शुल्क तिर्न पर्दैन तर भोलि काम सम्पन्न भइसकेपछि भने तपाईँले पूरा सेवा शुल्क तिर्नुपर्ने हुन्छ। यो अवस्थामा तपाईँले हाम्रो अफिसियल फेसबुक पेजमा हाम्रो विज्ञापन हेरेर तपाईंले सम्पर्क गर्नुपर्ने हुन्छ।

विकसित मुलुकमा बस्ने वा काम गर्ने व्यक्तिहरूको लागि:

  1. सुरुवाती शुल्क: रु 10,000
  2. काम पूरा भएपछि: रु 40,000
  3. यो दुवै पक्षमा लागू हुने 
  4. हामीले विज्ञापनमा भनिएको व्यक्तिसँग कुरा गर्न लागि भने तपाईंले कुनै पनि सुरुवाती शुल्क तिर्न पर्दैन तर भोलि काम सम्पन्न भइसकेपछि भने तपाईँले पूरा सेवा शुल्क तिर्नुपर्ने हुन्छ। यो अवस्थामा तपाईँले हाम्रो अफिसियल फेसबुक पेजमा हाम्रो विज्ञापन हेरेर तपाईंले सम्पर्क गर्नुपर्ने हुन्छ। 

बाँकी रहेको सेवासुल्क नतिरे

म्यारिज स्टेशन मार्फत तपाईँको बिहेको पक्कापक्की भइसकेपछि बाँकी रहेको सेवाशुल्क तिर्न तपाईंले कुनै बहाना बनाए अथवा नतिर्न चाहेको देखिएमा सामाजिक सञ्जाल मार्फत सेवाशुल्क तिर्न बाँकी भनेर तपाईंको सक्सेस स्टोरी हाम्रो वेबसाइट र अफिसियल फेसबुक पेज मार्फत सार्वजनिक गर्नेछौं। साथै कानुनी प्रक्रिया अनुसार यसलाई अगाडि बढाइनेछ। त्यसैले सबै कुरा बुझेर मात्र अगाडि बढ्नुहोला। 

प्रयोगकर्ताका जिम्मेवारीहरू

  1. प्रयोगकर्ताले सही र पूर्ण जानकारी प्रदान गर्नुपर्छ।
  2. यदि गलत जानकारी दिएमा तपाईंको कार्य स्वत रद्द हुनेछ। 
  3. हामीले कुरा गर्नलाई दिएको व्यक्तिसँग तपाईंले कुनै पनि आर्थिक कारोबार लेनदेन गरेमा सो कार्यको जवाफदेही स्वयं आफै हुनुपर्नेछ यस विषयमा कम्पनीले कुनै पनि जवाफदेही हुने छैन
  4. कम्पनीले कुरा गर्नको लागि भनी तपाईँलाई दिएको सम्पर्क नम्बर फोटो र विवरण कम्पनीलाई नसोधिकन अन्य व्यक्तिलाई साझा गर्नुभयो भने गोपनियता भङ्ग गरेको आधारमा तपाईँलाई नेपाल सरकारले बनाएको कानुन अनुसार कारबाही अगाडि बढाइनेछ। 
  5. प्रयोगकर्ताले संभावित जीवनसाथीहरूसँग संलग्न रहन र फीडब्याक दिन सक्रिय रहनुपर्छ।

दायित्वको सीमितता

तपाईँ हाम्रो सिस्टममा दर्ता भएर सुरुवाती शुल्क तिर्ने बित्तिकै तपाईंको विवाह हुन्छ भनेर ग्यारेन्टी त दिन सक्दैनौँ। तर तपाईँले खोजे अनुसारको व्यक्ति तपाईंको सम्पर्कमा ल्याइदिन सक्छौं। एउटासँग कुरा नमिले अर्को व्यक्ति दिन सक्छौं कसको मनमा के चलिरहेको हुन्छ यो कुराको कुनै लेखाजोखा नहुने भएको कारणले गर्दा यस्तो कुरामा ग्यारेन्टी दिन नसक्ने हो।

गोपनीयता

दुवै पक्षले व्यक्तिगत जानकारीको गोपनीयता कायम राख्नुपर्छ। कम्पनीले यो जानकारी केवल मिलान सेवाहरूको लागि मात्र प्रयोग गर्नेछ।

लागू हुने कानून

यो सम्झौताले नेपालको कानून अनुसार लागू हुनेछ।

शर्तहरूको स्वीकार्यता

प्रयोगकर्ता तपाईँ र हामी कम्पनीबीच यसै सम्झौतालाई आधार मानेर काम र सेवाशुल्क सम्बन्धी मन्जुरी गरेको भन्ने बुझिनेछ।।

म्यारिज स्टेशन

ठेगाना: कागेश्वरी मनोहरा

सम्पर्क: 9861726027

वेबसाइट: https://www.marriagestation.com.np

प्रयोगकर्ता

नाम: दर्ता गर्दा राख्नुभएको मान्य हुनेछ

ठेगाना: दर्ता गर्दा राख्नुभएको मान्य हुनेछ

सम्पर्क: दर्ता गर्दा राख्नुभएको मान्य हुनेछ  

कम्पनी प्रतिनिधिको हस्ताक्षर:  marriage station

मिति: प्रयोगकर्ताको प्रोफाइल दर्ता गर्दा खेरिको दर्ता मिति मान्य हुनेछ

प्रयोगकर्ताको हस्ताक्षर: Terms-conditions  आधार मानिनेछ किनभने यो कुरा तपाईँले एग्री नगरेसम्म दर्ता गर्ने मिल्दैन

मिति: प्रयोगकर्ताको प्रोफाइल दर्ता गर्दा खेरिको दर्ता मिति मान्य हुनेछ