हामी तपाईंले दिनुभएको सम्पूर्ण विवरणहरु लाई एकदम गोप्य राख्नेछौं । तपाईंले दिनुभएको विवरण मध्ये केहि जानकारीहरु सार्वजानिक गरिएको हुन्छ, जस्तै तपाईंको जात, उमेर,उचाइ, धर्म, मातृभाषा, बसोबास स्थान, शिक्षा पेशा यहाँनेर भनिएको बाहेक अन्य विवरणहरु सार्वजनिक गरिएको हुँदैन । यो विवरणहरु बाट तपाइँलाई कुनै पनि अन्य ब्यक्तिहरुले पहिचान गर्न सक्दैन तपाईंको विवरण यसरी राखिएको हुन्छ फोटोमा हेर्नुहोला
हामी तपाईलाई प्रत्यक्ष पहिचान गर्न सक्ने तपाईंको पुरा नाम, मोबाइल नम्बर, ईमेल, फोटो, पारिवारिक जानकारी, लगायत अन्य त्यस्तो खालको खालको विवरण जुन तपाईंलाई सजिलैसँ पहिचान गर्नसक्ने हुन्छ त्यो खालको विवरणलाई सर्वजनिक गर्दैनौं ।
यदि तपाईंको पुरा विवरण र फोटो अनलाइनको माध्यमबाट अर्को व्यक्ति लाई देखाउनु परेको खण्डमा सम्बन्धित व्यक्तिहरुसँग अनुमति लिएर मात्र ती विवरणहरु एकअर्कामा पठाउने काम गर्दछौं ।
कार्यालयमा आएर तपाईंले खोज्नुभएको जीवनसाथीको विवरण र फोटोहरु सेवा सुचारु गरिसकेपछि हामी हेर्नको लागि अनुमति दिन्छौं तर त्यो विवरणहरूको फोटो खिचेर लिएर जान पाइने छैन । यदि सम्बन्धित व्यक्तिबाट अनुमति प्राप्त भएको खण्डमा तपाईंले फोटो खिचेर लिएर जान सक्नुहुनेछ ।
म्यारीज स्टेशन को वेबसाइट मार्फत तपाईंहरुले फारम पेश गर्न मात्र पाउनु हुनेछ बाँकी काम गर्नको लागि भने म्यारीज स्टेशन को कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ अथवा तपाईं आफै कार्यालय पाउनुपर्ने हुन्छ ।
बर बधु बिच कुराकानी कुराकानी मिलेर विवाह सम्पन्न भइसकेपछि भोलि गएर कुनै पनि त्यस्तो पारिवारिक समस्या आई सम्बन्धविच्छेद भएमा अथवा कुनै पनि त्यस्तो पारिवारिक घटना घटेमा म्यारीज स्टेशन प्रा.ली यस विषयमा कुनै पनि जिम्मेवारी हुने छैन
हामी तपाईंको लागि जीवनसाथी खोज्दा खेरि विभिन्न माध्यमहरू अपनाउँछौ जस्तै, सामाजिक संजाल, हाम्रो मार्केटिंग टीम,पण्डित, वकिल, साथीभाई, इष्टमित्र, लगायत अन्य व्यक्तिहरू द्वारा तपाईंको लागि जीवन साथी खोज्ने कामहरु गरिन्छ । प्राय व्यक्तिहरू भने आफै हाम्रो कार्यालयमै आउने गर्नुहुन्छ । हामीसँग वरवधुको खोज्नको लागि सम्बन्धित व्यक्तिका आमा-बुबा दाजु-भाई दिदी-बहिनी काका-काकी तथा अन्य व्यक्तिहरु पनि आउने गर्नुहुन्छ । उहाँहरुले दिनुभएको विवरणहरु लाई संकलन गरी हामीले एकअर्कामा जिवनसाथी मिलाउने कामहरु गर्दछौं ।
जीवन साथी सँग कसरी कुरा गराइन्छ त ?
तपाईंले भने बमोजिमको जीवनसाथी तपाइको लागि हामीले खोजी सकेपछि त्यो व्यक्तिसँग अनलाइनको माध्यमहरु अपनाइन्छ अथवा प्रत्यक्ष भेट गराई कुराकानी गराइन्छ । कुराकानी गरिसकेपछि सम्बन्धित व्यक्ति सहि छ या छैन भन्ने कुरा हामीलाई दुई हप्ताभित्र जानकारी दिई सक्नुपर्ने हुन्छ यदि त्यो व्यक्तिसँग तपाईंको कुरा मिलेन भने तपाईंले फेरी अर्को व्यक्तिसँग कुरा गर्ने अवसर पाउनुहुनेछ ।
तपाईंले खोज्नुभएको जीवन प्राप्त गरि सकेपछि दुवै पक्षका परिवारले कुरा गर्न चाहेको खण्डमा परिवार बिच कुराकानी गर्नु पर्ने हुन्छ यदि तपाईंहरुले परिवारबीच कुरा नगराई आपसी समझदारीमा विवाह गर्न चाहेको खण्डमा म्यारीज स्टेशन प्रा.लि कम्पनी सँग सम्बन्धित विषयमा कागज गर्नुपर्ने हुन्छ ।
यसै विषयमा यदि केटा अथवा केटी पक्ष मध्ये कुनै एकतर्फी बाट कानूनी विवाह गर्न चाहेको खण्डमा कानूनी विवाह गर्ने पर्ने हुन्छ ।
यदि सम्बन्धित व्यक्तिसँग बालबच्चा भएको हकमा बालबच्चा स्वीकार्ने या नस्वीकार्ने भनी विषयमा एकअर्कामा सहमति हुनुपर्ने हुन्छ यस विषयमा कानुनी प्रक्रिया मार्फत कागज गर्न चाहेको खण्डमा सम्बन्धित विषयमा रहेर कागज गर्नुपर्ने हुन्छ ।
बर बधु दुई जनाबीच कुरा मिलेर विवाह गर्दा खेरि जुनसुकै तरिकाले पनि बिबाह गर्न सक्नुहुनेछ जस्तै, मठमन्दिरमा, पार्टी प्यालेस, घर गाउँ, अथवा म्यारीज स्टेशन प्रा.ली को प्राङ्गण ।
आवश्यक परेको खण्डमा अन्य थप कुराहरु फेरबदल गर्न सकिनेछ थप जानकारीको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।